22 Oct, 2024, Tue palpaddc@gmail.com (+९७७)-०७५-५२०४२४
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार

संक्षिप्त परिचय

१.संक्षिप्त जिल्ला परिचय

भगवान गौतम बुद्धको जन्मस्थलको रुपमा परिचित लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये पाल्पा पहाडी जिल्ला हो ।विश्व मानचित्रमा यस जिल्ला २७° ३४'देखि २७° २७' सम्म उत्तरी आक्षांस र ८३° १५' देखि ८४° २२' सम्म पुर्वी देशान्तरमा अवस्थित छ । १३७३ वर्ग कि.मी. क्षेत्रफल भएको जिल्लाको पूर्व पश्चिम ७० कि.मी. र उत्तरदक्षिण सरदर २० कि.मी. भएकोले सानै रुपमा भए पनि झण्डै नेपाल जस्तै देखिन्छ । क्षेत्रफलको हिसावले यस जिल्लाले नेपालको कुल भूभागको ०.९३ प्रतिशत भूभाग ओगटेको  छ । जिल्लाको पूर्वमा नवलपरासी पश्चिममा गुल्मी, अर्घाखाँची, उत्तरमा स्याङ्गजा, गुल्मी र दक्षिणमा रुपन्देही रहेको छ । यस जिल्लाको सदरमुकाम तानसेन हो । वि.स २०७३ साल फागुन पछि प्रशासकीय दृष्टिले यस जिल्लालाई २ नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तहहरुको रुपमा विभाजन गरिएको छ ।जसमा तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका पर्छन् । सरदर तापक्रम  ८° देखि २८°  सम्म हुनाले पाल्पा जिल्ला हावापानीको हिसावले बसोबासका निम्ति अत्यन्त  उत्तम छ । सरदर वार्षिक वर्षा १९०३.२ मि.मि हुन्छ । चुरे पहाडमा १८ प्रतिशत र महाभारत श्रृङ्खलामा ८२ प्रतिशत भूभागले गर्दा जिल्लाको अधिकांश पहाडी भूवनोटको कारण विकट छ । रामपुर, माडी, अर्गली, कचल, दर्पूक जस्ता फाँट र काली गण्डकीका तट बाहेक अन्य भाग कृषि उत्पादनका लागि कम उपयुक्त छ । 

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ २७ गते आइतबार